युवा नमुना संसदका लागि सबै भन्दा कान्छा प्रतिनिधि : बिष्णु

राष्ट्रिय युवा परिषदको आयोजनामा चालु आ.व. २०७५/०७६ मा सञ्चालन गर्ने संघीय नमुना युवा संसद अभ्यासका लागि नेपाल भरिबाट आवेदन दिएका युवाहरू मध्ये छनोट र परिषदबाट मनोनित भएका युवाहरु माझ सबैभन्दा कान्छा गुल्मीका बिष्णु प्रसाद पाण्डे परेका छन।

नेपालभरि बाट छनोट र मनोनीतमा परेका २१ जना युवाहरु मध्ये बिष्णु सबैभन्दा कान्छा युवा हुन। उनको उमेर १७ बर्ष मात्रै हो।

२०७६ असार २६ बाट सुरु हुने संघीय युवा संसदमा प्रतेक प्रदेशबाट ३ जना छनोटमा परेका छन। २०७६ असार २९ गते, राष्ट्रिय सभा गृह, भृकुटीमण्ड, काठमाडौंमा संमाननीय प्रधानमन्त्रीज्युको उपस्थितिमा प्रस्तुतिकरण रहेनछ ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।