मोरङको उर्लाबारी नगरपालिका–३ मा रहेको सार्वजनिक प्रतीक्षालयमा सुतेका एक पुरुषको मृत्यु भएको छ ।
अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुष बुधबारराति प्रतीक्षालयमा सुतेको र उनको त्यहीं मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी केही समयदेखि सुनझोडा क्षेत्रमा मागी खाने व्यक्ति भएको पत्ता लागेको छ । सुतेकै प्रतीक्षालयमा बिहीबार बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीले मृत फेला परेका पुरुषको नाम, थर र वतन नखुलेको जनाएको छ ।
शव पोस्टमार्टमका लागि मंगलबारे अस्पतालमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।






