हाम्रो कामबाट सन्तुष्ट हुनुहुन्छ?गाँउगाँउमा जनतासंग ब्यस्त सभामुख घर्तीमगर

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीमगर एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)का गाँउगाउँमा ब्यस्त रहेका छन् ।

सरकार तथा जनप्रतिनीधिको कामबाट जनता कति सन्तुष्ट छन् छैनन् र माग बुझ्नाको लागी उनि जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफलमा ब्यस्त भएका हुन् ।

समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उनले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर देश विकाशमा लागे मात्र देशले विकाशको मुहार फेर्ने बताए । पर्ने बताउनुभयो ।

उनले प्रदेश नं ५ को एक मात्र हिमाली र भौगोलिक हिसाबले विकट जिल्ला रुुकम(पूर्व)मा विकासका ढोका खुलिरहेको बताउँदै जनताका गुनासालाई स्थानीय, प्रदेश हुँदै सङ्घ सरकारले पूरा गर्दै जाने बताए । हिमाली तथा पहाडी इलाका रहेको जिल्ला रुुकम (पूर्व)मा प्रदेश सरकारले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बढी जोड दिएको जानकारी दिए ।