प्रेमिकासंगै होटेलमा पसेका युवक लाश बनेर निस्के

काठमाडौँमा एक गेस्ट हाउसमा प्रेमिकासंगै बसेका युवक मृत फेला परेका छन् ।

हिजो मंगलबार साँझ शुभकलश गेष्ट हाउसको १०४ नम्बर कोठामा आफनो प्रेमिका लिएर बस्न आएका काभ्रे घर भएका २५ वर्षीय प्रमोद गुरुङ मृत फेला परेका हुन् ।

मृत्युको खबरपछि होटल पुगेका प्रहरीले कोठामा यौनबद्र्धक औषधी भियग्राहरु र गाँजा खाएर फालिएको चुरोटका ठुटाहरु भेटिएको जनाएको छ ।

गुरुङको मृत्युको कारण यही हो भनेर खुलेको छैन । प्रहरीले घटनापछि होटल मालिक र प्रेमिकालाई प्रक्राउ गरेको छ । गुरुङ र प्रेमिकाबीच फेसबुकमार्फत चिनजान भएको बताईएको छ ।