प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । ओलीलाई गएरातिदेखि नै झाडा पखाला लागेपछि उन अस्वस्थ बनेका हुन् ।
प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय गएका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएका छन् ।
बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ । ओली अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।




