सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि केही कुरामा ध्यान दिनुपर्ने हुन्छ । त्यसका लागि पूर्वजानकारी भयो भने सजिलो हुन्छ ।
सवारी चालक अनुमतिपत्रसम्बन्धी जानकारी बिना सवारी चालक अनुमतिपत्र कुनै पनि सवारी साधन चलाउन पाइँदैन र सवारी चालक अनुमतिपत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिँदैन ।
यदि कुनै व्यक्तिले बिना सवारी चालक अनुमतिपत्र सवारी साधन चलाएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद १० सजायसम्बन्धि व्यवस्था महलको दफा १६० बमोजिम पाँच सयदेखि दुइ हजारसम्म जरिवाना हुने व्यवस्था छ ।
लाइसेन्स लिनका लागि निम्न कुराहरुमा ध्यान दिनुहोसः
आवश्यक योग्यता
निम्न योग्यता पुगेका व्यक्ति सवारी चालक अनुमतिपत्र प्राप्त गर्नको लागि योग्य मानिनेछ ।
मोटरर्साईकलको लागि
-उमेर १६ वर्ष पूरा भएको, छारे रोग, बौलाएको वा एकाएक रिङटा लाग्ने र मुर्छा हुने किसिमको रोग नलागेको ।
-आँखा देख्ने शक्ति ठिक भएको व्यक्ति
-रातो, हरियो, पहेंलो रंग तुरुन्त छुट्याउन सक्ने दृष्टि दोष नभएको व्यक्ति
-रतन्धो नभएको व्यक्ति
-हात खुट्टा शक्तिहीन भई काम दिन नसक्ने नभएको व्यक्ति तर अपाङ्गको हकमा विशेष किसिमले बनेको स्कुटरको लागि बिशेष व्यवस्था गरिएको हुन्छ ।
-नेपाली नागरिकको हकमा नागरिकताको प्रमाणपत्र समेत प्राप्त गरेको हुनुपर्छ ।
-मझौला र सानो सवारीको लागि १८ बर्ष उमेर पुगेको व्यक्ति
-ठूलो सवारी साधनको लागि २१ बर्षउमेर पुगी सानो सवारी चलाएको २ बर्ष पूरा गरेको हुनु पर्दछ ।
-६० बर्ष उमेर पुगेको कुनै पनि व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी साधन अनुमति दिईने छैन ।
माथि उल्लेखित योग्यता पुगेको व्यक्तिले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न चाहेको खण्डमा आफुलाई पाएक पर्ने यातायात व्यवस्था कार्यालयमा गई निवेदन दिन सक्नेछन् ।
सवारी चालक अनुमतिपत्रको लागि निवेदन दिँदा चाहिने कागजातहरु
१. निवेदन साथमा ५ रुपैयाँको टिकट
२. राजस्व २०० सय रुपैयाँ
३. नागरिकताको प्रमाणित प्रतिलिपी
४. नेपाल सरकारद्धारा मान्यता प्राप्त चिकित्सकले दिएको स्वास्थ्य परीक्षण गरेको निरोगिताको प्रमाण पत्र
५. निजले चलाउन चाहेको सवारी साधन सम्बन्धमा प्रशिक्षण केन्द्रले दिएको प्रमाणपत्रको प्रतिलिपी
माथि उल्लेखित बमोजिम निवेदन दिएको व्याक्तिलाई लिखित परीक्षाको लागि समावेश गरिने छ । लिखित परीक्षामा निजले सवारी साधन सम्बन्धि, सवारी सम्बन्धि ऐन, नियम तथा ट्राफिक संकेत सम्बन्धि सामान्य ज्ञान छ छैन भन्ने कुराको यकिन गर्न परक्षिा लिनु पर्दछ । लिखित परक्षिा उत्तीर्ण गरेपश्चात निजले ट्रायल परीक्षा पास भएपश्चात ट्राफिक प्रहरी यातायात व्यवस्था कार्यालयमा संचालन गरेको अनुशिक्षण प्राप्त गरिसकेपछि निजलाई सवारी चालक अनुमतिपत्र दिईन्छ ।
-मझौला र साना सवारीको लागि १८ बर्ष उमेर पुगेको हुनुपर्छ।
-ठूला सवारी साधनको लागि २१ बर्ष उमेर पुगी साना सवारी चलाएको २ बर्ष पुरा गरेको हुनुपर्ने छ।
-६० बर्ष उमेर पुगेको कुनै पनि व्यक्तिलाई ठुलो र मझौला सार्वजनिक सवारी साधन चलाउन अनुमति दिईने छैन ।
नयाँ प्राप्त सवारी चालक अनुमति पत्र १ वर्षका लागि परीक्षणकालमा रहने छ । परीक्षण कालभित्र चालकले सवारी तथा यातायात व्यवस्था ऐन तथा यस ऐन बमोजिम बनेको नियम उल्लंघन पाँच पटकभन्दा बढी नगरेको खण्डमा स्थायी रुपमा परिणत हुनेछ । लाइसेन्स पाँच वर्षसम्म वहाल रहनेछ । पाँच बर्षपश्चात नविकरण गर्नु पर्नेछ ।
सवारी साधनको सवारी चालक अनुमति पत्र बनाउँदा र नवीकरण गर्दा लाग्ने राजश्व दस्तुर
मोटरसाईकलको मात्र लाग्ने दस्तुर
राजस्व रु ७००
नविकरण शुल्क रु ७००
चारपाङ्गे सवारी साधन ट्याक्सी, कार, जीप डेलिभरी भ्यानको लाग्ने दस्तुरहरु
राजस्व रु १,०००
र्फम भर्दा रु २००
नविकरण गर्दा रु १,०००
मोटरसाईकल र ट्याक्सी, कार, जीप डेलिभरी भ्यानको लाग्ने दस्तुर
फोटो (दरखास्त दिँदा ३ वटा पासपोर्ट साईजको)
राजस्व रु १,०००
फर्म भर्दा रु ४,००
नविकरण गर्दा रु १,०००
गहुँगो सवारी साधन (मिनीबस) को हकमा
राजस्व रु १,५००
र्फमभर्दा रु २,००
नविकरण गर्दा रु १,५०
गहुँगो सवारी साधन (मिनीबस, बस, ट्रक, लहरी) को हकमा
१ राजस्व रु २,०००
२ फर्मभर्दा रु ४,००
३ नविकरण गर्दा २,०००
र्याकरको हकमा
राजस्व रु २,०००
फर्मभर्दा रु ४,००
नविकरण गर्दा रु २,०००
डोजर लोडरको हकमा
राजस्व रु २,०००
फर्मभर्दा रु ४,००
नविकरण गर्दा रु २,०००






