पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नम्बर ४ मा प्रहरीले स्थानीय एक युवालाई निर्घात कुटपिट गरेका छन् ।
गाउँपालिकाको केन्द्रमा आयोजना भएको फुटवल प्रतियोगिताको सुरक्षाका लागि आएका प्रहरीले स्थानिय रबिन लावतीलाई निर्घात कुटपिट गरेका हुन् ।
गम्भिर घाईते लावतीको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । गाउँपालिकाको केन्द्र भन्दा केही नजिक प्रहरीलाई हातपात गर्ने भन्दै इलाका प्रहरी कार्यालय भालुचौकका प्रमुख भिम थेवे लगायत ७,९ जना प्रहरीले कुटपिट गरेको देखेको वडा नम्बर ४ का अध्यक्ष श्रीप्रसाद सिगुले बताए ।
यता थवेले भने प्रहरीले आफूलाई हात लगाएको हुँदा आफूले कुटपिट गरेको बताएका छन् । यता पिडित लावतीका आफन्तले भने प्रहरील हतकडी लगाएर मरणासन्न हुने गरी कुटपिट गरेको बताएका छन् । यसैविच जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक नरेन्द्र कुँवरले लावतीको मेडिकल रिपोट आएपछि मात्रै सवै विषय थाहा हुने प्रतिक्रिया दिए ।





