३३ किलो सुन प्रकरणमा न्यायाधीशको जागिरबाट बर्खास्त

३३ किलो सुन प्रकरण र सनम शाक्य हत्या प्रकरणमा आदेश गर्ने उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह बर्खास्त भएका छन् ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद बैठकमासिंह ले बदनियतपूर्ण आदेश गरेको भन्दै सेवाबाट बर्खास्त गरेको हो ।

यस प्रकरणमा आरोप रहेका ८ जनामा सिंह मात्र सेवाबाट बर्खास्त भएका हुन । यसैगरी परिषदले न्यायाधीशद्वय साधुराम सापकोटा र थीरबहादुर कार्कीको दुई वर्ष बढुवा रोक्का गर्ने निर्णय गरेको छ । कार्यसम्पादनमा सचेत गराउँदै परिषदले कार्की र सापकोटालाई भने बढुवा रोक्कामात्र गरेको हो ।

पेसी र सुनुवाइ व्यवस्थापनमा प्रचलित मान्यता तोडेर मुद्दा सुनुवाइ गरेको आरोपमा पाँच महिनादेखि आठ न्यायाधीश काजमा राखिएका थियो । पाँच महिनापछि छानबिन प्रक्रिया टुंगिएको हो ।

सोही प्रकरणमा जोडिएका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भुर्तेलसहित तीन न्यायाधीशलाई भने असार ४ गतेको परिषद बैठकले ध्यानाकर्षपछि काममा फर्कने बाटो खोलिदिएको थियो ।