समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी सहित तिन जना विरुद्ध प्रहरीले कर्तव्य ज्यानमुद्दामा अनुसन्धान अगाडी बढाएको छ ।
अस्पातल भित्रै यही असार ३ गते २ महिनादेखि अस्पतालमा क्लिनरको रुपमा काम गर्दै आएकी रामेछापको दोरम्बा घर भएकी २७ वर्षीया बिमला तामाङले अस्पताल भित्रै झुण्डिएको अवस्थामा फेलापछि उनिहरुविरुद्ध मुद्धा अगाडी बढाइएको हो ।
बिमलाले सुसाईड नोटमा सञ्चालक उत्तम सञ्जेलकी श्रीमती र अन्य २ जनाको नाम किटानी गरेरै लेखेपछि उनीहरु प्रहरी खोरमा पुगेका हुन् । प्रक्राउ पर्नेहरुमा सञ्जेल पत्नी कलासहित कर्मचारी पितकुमारी श्रेष्ठ र सगीता केसी रहेका छन् ।
सुरुमा प्रहरीले उक्त घटनालाई अभद्र व्यवहारमा म्याद लिई अनुसन्धान गरेको थियो तर पछि आत्महत्या गर्न दुरुत्साह गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा अनुसन्धान अगाडी बढाएको हो । मुलुकी फौजदारी संहितामा आत्महत्या गर्न दुरुत्साहन गरेको प्रमाणित भए कर्तव्य ज्यान मुद्दा चल्ने र प्रमाणित भए पाँच वर्ष सजाय हुने व्यवस्था छ । यता बिमलाको पोस्टमार्टम रिपोर्टमा भने उनले आत्महत्या गरेको देखिएको छ ।




