लायन्स क्लब अफ पोखरा अन्नपूर्णले स्पोन्सर गरको लायन्स क्लब अफ गण्डकी स्टेटमा चार्टड हस्तातरण भएको छ ।
पोखरामा आयोजित एक समारोहका बीच लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी १ नेपालका डिष्ट्रिक्ट गर्भनर अशोक कुमार श्रेष्ठले क्लबका चार्टड प्रिसिडेण्ट अमृत प्रसाद बराल चार्टड हस्तातरण गरे ।
उक्त अवसरमा बोल्दै गभर्नर श्रेष्ठले लायन्समा जत्तिको पवित्र सेवा अन्यत्र क्षेत्रको नहुने भन्दै लायन्सको गरिमालाई थप उचाइमा पुर्याउन आग्रह गरे ।
उनले गण्डकी स्टेटले आफ्नो स्थापनाको १ बर्षभित्र उत्कृष्ट क्लबको छवि बसाली सकेको हुनाले आगामी दिनमा यसले अझै राम्रो काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा लायन्स क्लब अफ गण्डकी स्टेटका सदस्यलाई लायन्स क्लब अफ अन्नपूर्णका सदस्यले स्वागत गरेका थिए ।

उक्त अवसरमा चार्टर प्रिसिडेण्ट अमृत प्रसाद बराल, लायन्स क्लब अफ पोखरा गण्डकी दोभानका अध्यक्ष लक्ष्मी कुँवर थापा, सिनियर एडभाइजर एकनारायण शर्मा, डिष्ट्रिक्ट चिफ एडभाइजर ध्रुव श्रेष्ठ, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राम बसेल र पास्ट मल्टिपल काउन्सिल चेयर पर्सन प्रेमबहादुर श्रेष्ठ लगायतले क्लबले नयाँ नयाँ र रचनात्मक कार्यमा जोड दिने विश्वास व्यक्त गरेका थिए ।
दिनेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा डिपूटी चिफ यदुनाथ अधिकारीले स्वागत, पूर्व अध्यक्ष डम्मर सिं गुरुङले लायन्स क्लब अफ अन्नपूर्णको बारेमा जानाकारी, गाइडिङ लायन्स अर्जुन पोखरेलले लायन्स क्लब अफ गण्डकी स्टेटका सदस्यको परिचय, ध्वजाको बन्दना इलेक्ट प्रिसिडेण्ट प्रदीप राजभण्डारी र कार्यक्रम संचालन सचिव विजय पौडेलले गरेका थिए ।





