५५ वर्षमा ५ कक्षाकी विद्यार्थीको जन्मदिनमा वृद्धाश्रममा

ज्ञान आर्जन गर्न उमेरले छेक्दैन भन्ने प्रमाणित गरेकी गोमा पराजुलीले आफ्नो ५५ औं जन्मदिन पोखरा वृद्धाश्रममा मनाइन् । वृद्धाश्रमकी सहकोषाध्यक्षसमेत रहेकी पराजुलीले जन्मदिनको उपलक्ष्यका वृद्धाश्रममा आश्रृतलाई १ छाक खान र केही सहयोगसहित १५ हजार वृद्धाश्रमलाई प्रदान गरिन् ।

पोखरा १७ को जानकी आधारभूत स्कुलमा पढ्ने उनलाई शुभकामना दिन विद्यालयका शिक्षकहरु पनि वृद्धाश्रममा पुगेका थिए । लायन्स क्लब अफ सप्तगण्डकीका पदाधिकारीले पनि वृद्धाश्रममै पुगेर जन्मदिनलाई यादगार बनाइदिए । संस्थापक अध्यक्ष अञ्जु कर्माचार्य, अध्क्ष सपना राना, उपाध्यक्ष सन्तु क्षेत्री, सचिव उषा राना, सदस्य रेखा जैन, गोमा पाठक र इन्द्र कार्की कार्यक्रममा सहभागी बने । गोमा क्लबकी सदस्य पनि हुन् ।

बाल्यकालमा पढ्न नपाउनेलाई प्रेरणा दिन र आफैं नयाँ युगको सचेत मान्छे हुन शिक्षाले सहयोग गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘अहिले वृद्धवृद्धा अपहेलित हुन थालेका छन् । यस्तो अवस्थामा थोरै भए पनि सहयोग गरौं भनी वृद्धाश्रममा जन्मदिन मनाएकी हुँ ।’