विपन्नलाई लायन्स माछापुच्छ्रे भिलेजको जस्तापाता

लायन्स क्लब अफ माछापुच्छ्रे भिलेजले सोमबार विपन्न मैना विश्वकर्मालाई जस्तापाताका किन्न सहयोग गरेको छ । पोखरा १७ महतगौडाको आरोलो छेउमा रहेको विश्वकर्माको घर बाटो विस्तारको क्रममा भत्काइएपछि उनको प्रगतिटोलमा घर बन्दै छ ।

घर बनाउन आर्थिक समस्या भएको थाहा पाएर क्लबले सहयोग गरेको अध्यक्ष शोभकान्त पौडेलले बताए । क्लबको सहयोगले घर निर्माणमा आफूलाई ठूलो साथ मिलेको विश्वकर्माले बताइन् ।
कार्यक्रममा लायन्स तोरण कुँवरले सहयोग अत्यावश्यक भएकालाई सहयोग गर्नु लायन्स क्लबको दायित्व भएको बताए । लायन प्रेम थापामगरले सानो सहयोगले विकास निर्माणमा समेत टेवा पुगेको बताए ।

रातोपैरा, महतगौडा, दोबिल्ला बाटो निर्माण उपभोक्ता समिति अध्यक्ष दीपक आचार्यले बाटो विस्तारका लागि सबैभन्दा कठिन मानिएको मोडको घर स्थानान्तरणका लागि सहमत भएकोमा विश्वकर्मा परिवारलाई धन्यवाद दिए । यो क्षेत्रमा अहिले सडक १२ मिटर बनाउने गरी चक्ल्याउने क्रम जारी छ ।