प्रहरी र विप्लव समूहबीच भिडन्त

प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । संखुवासभाको सिलिचुङ्ग गाउँपालिका १ हुंला भन्ने स्थानमा आज बिहान उक्त भिडन्त भएको हो ।

तर घटनाबाट कुनै मानविय क्षति भएको छैन । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हुंग्लामा पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए ।

प्रहरीले जवाफी फायरिङ्ग खोलेपछि विप्लव समूहका कार्यकर्ता भागेको नेपाल प्रहरीका निमित्ति प्रवक्ता एसपी रमेश थापाले बताए । जिल्ला प्रहरी कार्यालय संखुवासभा स्रोतका अनुसार, त्यसतर्फ थप सुरक्षाकर्मी पठाउने तयारी भइरहेको छ ।