राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एंव पूर्वउपप्रधानमन्त्री कमल थापा टेनिस प्रतियोगितामा भाग लिनका लागी भुटान गएका छन्।

राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापा सोमबार बिहान भुटानको थिम्पुतर्फ उडेका हुन्।
खेलाडीसमेत रहेका उनी एक साता भुटान बस्नेछन्। भुटान टेनिस फेडेरेशनले आयोजन गरेको पाँचौं भारत/भुटानमैत्री टेनिस प्रतियोगितामा थापा सहभागी हुने श्रेष्ठले बताए।




