ताजा समाचार

असार १५ गते २०७६

प्रहरीले समस्या सुल्झाउने कि गोली हान्ने ?

सर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ।

शनिबार जिल्लाको उत्तर पूर्व ईश्वरपुर नगरपालिका १३, गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर स्थानीय लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको मृत्यु भएको थियो।

बालकको मृत्यु भएको निहुँमा स्थानीयले पूर्व-पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि आइतबार झडप भएको  र झडपमा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएको हो।

झडपमा मृत्यु भएका व्यक्तिको पहिचान खुल्न बाँकी रहेको बताइएको छ। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।