स्थानीय-प्रहरी झडप, गोली लागेर १ को मृत्यु

सर्लाहीमा स्थानीवासी र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर १ जनाको मृत्यु भएको छ। बालकको मृत्यु भएको निहुँमा स्थानीयले पूर्व पश्चिमा राजमार्ग अवरुद्ध गर्न खोजेपछि भएको झडपमा प्रहरीको गोली लागी एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

मृतकको पहिचान खुल्न बाँकी छ । शनिबार ईश्वरपुर नगरपालिका १३ गौरीशंकरस्थित बाँके खोलामा गिट्टी बालुवा निकाल्न खनिएको खाल्डोमा डुबेर लालबाबु यादवका १२ वर्षीय छोरा अमित यादवको मृत्यु भएको थियो।