ताजा समाचार

असार १५ गते २०७६

मुस्ताङमा करेन्ट लागेर रोल्पाका एक मजदुर घाइते

मुस्तामा करेन्ट लागेर रोल्पा घर भएका एक जना मजदुर घाइते भएका छन् ।

घरपझोङ गाउपालिका-३ स्थित स्याङ आमा समुहको नव-निर्मित भवनको ढलान खोल्ने क्रममा बिजुलीको तारमा छुँदा रोल्पाको सुनाखरी गाउपालिका-९ घर भएका लिलाम बुढा मगर घाईते भएका हुन् ।

करेण्ट लाग्ने वित्तिकै उनलाई जिल्ला अस्पताल जोमसोममा सामान्य उपचार पश्चात पोखरा ल्याईएको प्रहरीले जनाएको छ ।