ताजा समाचार

असार १५ गते २०७६

मालपोत कार्यालयमा आगलागी,१० लाख रुपैयाँ बराबरीको नोक्सानी

कपिलवस्तुको मालपोत कार्यालयमा आगलागी भएको हुँदा झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुमा आइतबार विहान आगलागी भएको हो । सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आगलागी भएको बताइएको छ ।

विहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले बताए ।

आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्ण रुपमा जली नष्ट भएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।