पक्राउ परेका ‘धर्तीमाता’ भनिने महिलाविरुद्ध ७ दिन म्याद थप

आफूलाई धर्ती माताु बताउने बताएर राजधानीको भद्रकालीमा एक यूवतीमाथि कुटपिट गरेपछि पक्राउ परेकी महिलामाथी ७ दिनको म्याद थप गरिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार बुटवलकी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुर मुद्दामा थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको हो ।

कुवँरले आफ्नो गल्ती स्वीकारेको पनि बोगटीले जानकारी दिए। केही दिनअघि भद्रकाली मन्दिरमा भूत लागेको भन्दै एउटी यूवतीलाई यातना र गालीगलौज गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो भाइरल भएपछि प्रहरीले उनलाई बालाजु बाइपासबाट उनलाई पक्राउ परेको गरेको थियो।