ताजा समाचार

असार १४ गते २०७६

विप्लवको आधार इलाकामा प्रहरीको अप्रेशन

विप्लव नेतृत्वको नेकपाको बढी प्रभाव रहेको कालिकोटका विभिन्न क्षेत्रहरुमा प्रहरीको अप्रेशन सुरु भएको छ। नेकपाले आफ्नो आधार इलाकाका रुपमा बताउँदै आएको नरहरीनाथ गाँउपालिकाको लालु, माल्कोट, रुप्सा, कोट्बाडा, शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा, पचालझरना गाँउपालिकाको खरकोट, खाद्रु, पलाँता गाँउपालिकाको खीन धौलागोह लक्षित गरी नेपाल प्रहरी र सशष्त्र प्रहरीले सयुक्त रुपमा गस्ती सुरु गरेको हो।

कालिकोटका जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी बिनोद शर्माको नेतृत्वमा जिल्लाको शान्नित्रिवेणी गाँउपालिकाको मुम्रा लेक, रास्कोट हुँदै पचालझरनाको लेकाली क्षेत्रतिर र प्रहरी इन्सपेक्टर देवेन्द्रकुमार मल्लको नेतृत्वमा जिल्लाको नरहरीनाथ गाँउपालिका र शान्नित्रिवेणी गाँउपालिकातिर केन्द्रीत गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सयुक्त टोलीले गाँउमा विप्लव विरुद्ध अप्रेशन सुरु गरेको छ।

विप्लव विरुद्धको गाँउ अप्रेशनमा रहेका डिएसपी शर्माले आफुहरुले गाँउमा स्थानीय नागरिकहरुसँग भेटघाट गर्दै विप्लवको कालिकोटको जिल्ला कमिटिमा रहेका ८८ जना नेताहरुको घर घरमा पुगी पक्रउ गर्ने बताए।