असार १४ गते २०७६

ताजा समाचार

असार १४ गते २०७६

गण्डकी संगममा डा कृष्णराज अधिकारी



गण्डकी साहित्य संगम पोखराको चौधौं साधारणसभा तथा अधिवेशनले डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ ।

संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा भीम रानाभाट, कोषाध्यक्षमा विजया सुवेदी, सदस्यमा लोकबहादुर थापा, नारायण मरासिनी, छविलाल आचार्य, यादवराज उपाध्याय, कल्पना चिलुवाल, शोभाकान्त गौडेल, काजी गाउँले, परशुराम कोइराला र याम राना छन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले सांस्कृतिक रुपान्तरण र प्रगतिवादी साहित्य, संस्कारलाई
व्यवहारमा लागू गर्न संस्था क्रियाशील बन्ने बताए ।