ताजा समाचार

असार १४ गते २०७६

रक्सीको नशामा पर्यटकमाथि ढुंगा प्रहार

पोखरा महानगरपालिका ६ लेकसाइडमा १ व्यक्तिले ढुंगाले हान्दा जर्मन नागरिक घाइते भएका छन् । लेकसाइडको फ्रिडम क्याफेमा जुस खान बसेका जर्मनी नागरिक वर्ष २७ की अन्ना हेकीलाई अन्नपुर्ण गाँउपालिका १० घान्द्रुकका जनम परियारले ढुंगाले हिर्काएका हुन् ।

मादक पदार्थ सेवन गरेका वर्ष २० का परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाइतेको मेट्रोसिटी अस्पतालमा उपचार भएको छ ।