ताजा समाचार

असार १३ गते २०७६

फेरि असार २२ गते बन्द, दिउँसो खोल्नेलाई साँझ कारवाही गर्ने चेतावनी

नेपाल कम्युनिस्ट पार्टी माओवादीले असार २२ गते नेपाल बन्द आह्वान गरेको छ । नेकपाका पश्चिम केन्द्रीय कमान्ड इन्चार्ज प्रवलले शुक्रबार विज्ञप्ति निकालेर हाल जेल र हिरासतमा रहेका पार्टी कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेका हुन् ।

बन्दमा उद्योग, यातायात, कलकारखाना, शिक्षण संस्था बन्द गर्न आग्रह गर्दै दिउँसो सञ्चालन गरे साँझ कारवाही गर्ने चेतावनीसमे दिइएको छ । विज्ञप्तिमा सरकारले जनतालाई युद्धको भारी बोकाउने चलखेल गरेकोसमेत आरोप लगाइएको छ ।