सेनाको ‘एक जवान एक बिरुवा’ अभियान

नेपाली सेनाले ‘एक जवान एक विरुवा’ अभियान सुरु गरेको छ। शुक्रबार जंगी अड्डा हाताभित्र विभिन्‍न जातका फलफूलका विरुवाहरु रोप्दै प्रधानसेनापति पुर्णचन्द्र थापाले विरुवा रोपण अभियानको शुभारम्भ गरेका हुन् ।

नेपाल सरकारको ‘एक नेपाली एक फलफूलको विरुवा’ रोपण अभियान अन्तर्गत सेनाले पनि १ लाख ५० हजार ९ सय ७७ वटा विभिन्‍न जातका फलफूलका बिरुवा रोप्ने योजना बनाएको जनाएको छ।

जंगी अड्डा हाताभित्र २५० वटा विभिन्‍न जातका फलफूलको विरुवा रोपेको सेनाले जंगी अड्डासहित विभिन्न ब्यारेक तथा गुल्महरुमा ति बिरुवा रोप्ने तयारी गरेको छ।