ताजा समाचार

असार १३ गते २०७६

नक्कली किसानको बिगबिगी छ : कृषिमन्त्री

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताएका छन ।

बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला गण्डकी प्रदेशको आर्थिक सहयोगमा टुल बक्स, पोर्सप, कैञ्ची, माइक्रोसप, सेन्ट्रिफ्युजलगायतका आवश्यक उपकरणहरु वितरण गरिएको भेटेरिनरी अस्पताल लमजुङका पशु विकास अधिकृत खिला शर्मा घिमिरेले बताए ।

उनका अनुसार लमजुङका २४ र मनाङका ६ जना भेटेरिनरी प्राविधिकहरुलाई उक्त उपकरण वितरण गरिएको छ । उनीहरुलाई वितरण गरिएको ३० वटा उपकरण ११ लाख ७५ हजार बराबरको सामग्री रहेका छन् ।