ताजा समाचार

असार १३ गते २०७६

१२ बर्षीया बालिकालाई पनि छोडेनन् सिरिजन्ज आक्रमणकारीले

काठमाडौंको कीर्तिपुरमा फेरि एक बालिकामाथि धारिलो बस्तु (सिरिजन्ज) आक्रमण भएको छ ।

आफ्नो घर नजिकै खेलिरहेको अवस्थामा १२ बर्षीया बालिकामाथि आक्रमण भएको हो ।बालिकालाई टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना गरिएको छ ।

बालिकाको शरीरमा धारिलो बस्तु आक्रमण भएकोजस्तो देखिने सानो डाम रहेको डा. शेरबहादुर पुनले जानकार दिए । यसैबीच, प्रहरीले आक्रमणमा संलग्न रहेको भन्दै महाराजगन्जबाट हिजो राति सन्तोष कार्कीलाई नियन्त्रणमा लिएको छ ।