पछिल्लो समयमा शहर होस या गाँउ हरेक स्थानमा अन्धविश्वासले जरा गाड्दै गईरहेको बोक्सी कुप्रथाले ज्युदै मारिएका अथवा सामाजिक यातना सहदै आईरहेको विभिन्न सञ्चार माध्यमहरुमा समचारहरु आईरहेका हुन्छन् ।
यसै समस्यालाई मध्येनजर गरि स्याङ्जाको गल्याङमा बोक्सी कुप्रथाविरुद्ध ‘अग्नि दहन’ प्रदर्शन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको अभियानअन्तर्गत बोक्सी कुप्रथाका विरुद्ध जनचेतना जगाउने उद्देश्यले सामाजिक वृत्तचित्र ‘अग्नि दहन’ प्रदर्शन गरिएको हो ।
मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल र सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखराको संयोजनमा प्रदर्शन गरिएको जनचेतनामूलक वृत्तचित्रलाई गण्डकी प्रदेशका सबै जिल्ला तथा सातै प्रदेशमा प्रदर्शन गरिने प्रतिष्ठान नेपालका अध्यक्ष कोविदशरण उपाध्यायले बताए ।
घनश्याम लामिछानेद्वारा निर्देशित वृत्तचित्र ‘अग्नि दहन’ ले बोक्सी आरोपमा परेकी महिलाको कथा बोल्छ । फिल्मको कथा, पटकथा र संवाद लोकमणि पौडेलले लेखका थिए ।




