ताजा समाचार

असार १३ गते २०७६

धर्ती माता भनिने महिला किन पक्राउ परिन ?

आफूलाई धर्ती माता दाबी गर्ने एक महिला पक्राउ परेकी छिन् । माता भन्दै युवतीहरुलाई यातना दिने कार्यमा संलग्न रहेको भन्दै महानगरीय प्रहरी परिस टेकुको टोलीले बुटवल स्थायी ठेगाना भएकी विष्णु कुँवरलाई बालाजुबाट पक्राउ गरेको हो ।

भिडियोमा कुँवरले युवतीमाथि निर्दयतापूर्वक कुटपिट गरेकी छन् । ‘तँ को होस्, छिटो निस्की’ भन्दै कुटेको भिडियो सार्वजनिक भएको थियो । यस्तै कुँवरले युवतीको मासु खाने बताएकी छन् ।

मुुलुकी अपराध संहिताको व्यवस्थाअनुसार सार्वजनिक स्थानमा कसैमाथि अपमानजनक व्यवहार गर्नेमाथि ५ वर्षसम्म कैद, ५० हजार रुपैयाँ जरिवाना र पीडितलाई क्षतिपूर्तिको व्यवस्था हुनेछ ।