सप्तरङ्गी साहित्य समाज नेपाल काठमाडौंले गण्डकी प्रदेशमा प्रदेशस्तरीय समिति बनाएको छ । कार्यसमितिको अध्यक्षमा अम्बिका भण्डारी नियुक्त भएकी छिन् ।
उपाध्यक्षमा सुमित अधिकारी, सचिवमा जमना पङ्गेनी, सहसचिवमा समीर मन, कोषध्यक्षमा सुजन परियार छन् । सदस्यमा झरना पराजुली, दुर्गा सारु, महेन्द्र रम्घाली र प्रमिला पौडेल छन् ।




