ताजा समाचार

असार १२ गते २०७६

विप्लव प्रतिक्रान्तिकारी फासिवादी ः बास्कोटा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले विप्लव समूहको गतिविधीकै कारण नेपालले पाएको परिवर्तनको उपलब्धि गुम्ने खतरा भएको बताएका छन् ।

आज बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री बास्कोटाले विप्लव समूहले प्रतिक्रान्तिकारी र फासिवादी काम गरिरहेको आरोप लगाएका छन् ।

उनले बारम्बार वार्ताका लागि बोलाउँदा पनि उनीहरु नआएको बताए । सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्यु प्रकरणबारे बोल्दै उनले भने “प्रश्न कुनै एक घटनाको हैन । यसबारे गृहमन्त्रीले संसदमा जवाफ दिइसक्नु भएको छ । देश नै टुक्रयाउछु भनेको सिके राउत पनि सरकारसँग वार्ता गरेर मूलधारमा आएको छ। उनीहरु केको लागि हत्या आतंकको बाटोमा हिडेका छन्” ।

“उनीहरुले खासमा क्रान्तिकारी नभएर प्रतिक्रान्तिकारी फासिबादी गतिविधि गरिरहेका छन ।” उनले काठमाडौँमा एक जना कवि विप्लव पार्टीमा रहेको भन्दै प्रक्राउ गरिएको बारेमा उनले प्रहरीबाट झुक्किएर त्यस्तो बताए । निर्दाेष पाईएपछि उनलाई रिहा गरेको उनको भनाई छ ।