ताजा समाचार

असार १२ गते २०७६

कानूनका विद्यार्थीद्धारा सम्बन्ध विच्छेदको बहस

कास्की जिल्लामै पहिलो पटक ‍+२ तहमा कानुन अध्यापन गराउन लागेको भानुभक्त आवासीय मा.वी +२ स्कूल अफ ल पोखरा १ सिम्पानीले +२ तहमा कानुन अध्ययन गर्न चाहाने विद्यार्थी को मागलाई ध्यानमा राख्दै निःशुल्क प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरिरहेको छ।

प्रवेश परीक्षा तयारी कक्षा कै क्रममा विद्यार्थीलाई अदालती प्रकृया र बहसकला सँग परिचित गराउने उदेश्यका साथ आज विद्यालयको नमुना इजलास हलमा विद्यार्थीलाई एक काल्पनिक सम्बन्ध विच्छेद मुद्दामा बहस गर्न लगाइयो।

कार्यक्रममा विद्यार्थीले बादी/प्रतिवादी तर्फका कानुन व्यवसायी, इजलास का कर्मचारी र न्यायाधीशको भुमिका निर्बाह गरेका थिए। बहसका क्रममा बादीको प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले सम्बन्ध विच्छेद हुनुपर्ने तर्क प्रस्तुत गरेका थिए भने प्रतिवादीको प्रतिनिधित्व गर्ने विद्यार्थीहरूले सम्बन्ध विच्छेद हुनु हुँदैन भन्ने तर्क प्रस्तुत गरेका थिए।

वहसका क्रममा विद्यार्थीहरूले सम्बन्ध बिच्छेद हुदाँ वा सम्बन्ध बिच्छेद नहुँदा सन्तानमा पर्न सक्ने असरका बारेमा कानुन मिश्रित आफ्नो तर्क प्रस्तुत गरेका थिए।

कार्यक्रममा न्यायाधीशको भूमिका निर्वाह गरेकी विद्यार्थी अनु थापाले सम्बन्ध विच्छेद नहुने ठहर सहितको फैसला सुनाएकी थिइन।

कार्यक्रममा कानुन संकायका शिक्षक ईश्वर परियारले अभ्यास अदालतका बारेमा विद्यार्थिलाई अभिमुखिकरण गराएका थिए भने विद्यालयका प्राचार्य दिनेश कुमार लामिछाने र कानुन संकायका संयोजक प्रदिप अधिकारीले विद्यार्थीले तर्क सहित निकै उच्च कोटीको बहस गरेको प्रतिक्रिया दिएका थिए।