ताजा समाचार

असार १२ गते २०७६

मुख्यमन्त्रीद्वारा बेटीलाई साइकल

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत ११४ छात्रालाई साइकल प्रदान गरेका छन ।

श्री सकल भवन कन्या माविमा कक्षा ८ मा अध्ययनरत ती छात्रालाई मुख्यमन्त्री राउतले आज सोही विद्यालयमा आयोजित कार्यक्रममा साइकल प्रदान गरेका हुन् ।

मुख्यमन्त्री राउतले यस कार्यक्रमले टाढाटाढाबाट विद्यालय आउने छात्रालाई सहज हुने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत शिक्षा बीमा, महिलामैत्री शौचालय निर्माणजस्ता कार्यक्रमलाई अघि बढाएर महिला सशक्तीकरणमा प्रदेशलाई अग्रपङ्क्तिमा राख्ने सोच लिएको बताए ।

उनले प्रदेश सरकारले छोरीहरुलाई शिक्षित बनाउने मात्र नभई सरकारी सेवामा समेत ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको उल्लेख गरे । प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रदेश नं २ भित्रका सामुदायिक विद्यालयको कक्षा ८ मा पढ्ने १४ हजार छात्रालाई साइकल वितरण गर्ने भएको छ ।