ताजा समाचार

असार १२ गते २०७६

गोली हानेर कर्मचारी लुट्ने २ जना पक्राउ

धरानमा हतियार देखाएर लुटपाट गर्ने दुई जना लुटेराहरूलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यलय धरानले रातभर अप्रेशन गरेर २ थान पेस्तोल र २६ राउण्ड गोलीसहित उनीहरुलाई प्रहरीले मध्यरातमा पक्रन सफल भएको हो ।

केहि दिन अगाडी उनीहरूले धरान उपमहानगरपालिका ५ स्थित साउनेमा जीवन विकास लघु वित्त संस्थाका कर्मचारी शम्भु गच्छदारलाई गोली हानी गम्भीर घाइते बनाई ४ लाख १० हजार नगद लुटेका थिए ।

धरानमा हतियारधारी समूहले मर्निङवाकमा हिँडिरहेका महिलाहरूको गलामा लगाएको सुनको सिक्री लुट्ने, बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई गोली प्रहार गरी लुटपाट गर्ने गर्न थालेपछि स्थानीय त्रसित भएका छन्।