ताजा समाचार

असार ११ गते २०७६

संगीतस्रोता पक्राउ

कवि तथा पत्रकार संगीत श्रोतालाई पनि प्रहरीले पक्राउ गरेको छ । राजधानीको प्रदर्शनीमार्गमा साथीहरुसँग रहेका बेला बुधबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । चिया पिउन प्रदर्शनीमार्गमा जम्मा भएका बेला स्रोतालाई प्रहरीले पक्राउ गरेको हो। संगीत श्रोता नयाँ पत्रिका दैनिकमा कार्यरत छन्।
बुधबार दिउँसो रसुवाली कवि उपनामका ठाकुरप्रसाद तिमल्सिनालाई पनि प्रहरीले पक्राउ गरेको थियो । तिमल्सिनालाई यसअघि गत वैशाखमा पनि प्रहरीले पक्राउ गरेको थियो।