ताजा समाचार

असार ११ गते २०७६

गलबन्दीको संगीत सर्जक शम्भु, आर्थिक अधिकार प्रकाशलाई

चर्चित गीत गलबन्दीको संगीतबारे भएको विवाद टुंगिएको छ । पुराना संगीतकार शम्भु राईले गायक प्रकाश सपुतले गलबन्दी गीतमा लय चोरेको दाबीसहित नेपाल प्रतिलिपि अधिकार रजिस्टार कार्यालयमा उजुरी दिएका थिए ।

राईको उजुरीपछि बुधबार दुवै पक्षबीच बुधबार सहमति भएको हो । शम्भुको देउसी भैलो गीतमा भएको आऊ नाचौं साथी हो कम्मर कसेरको भाका गलबन्दीमा मिलेको उनको दाबी थियो ।
विभिन्न सांगीतिक संघ, संस्थाका प्रतिनिधिसहित भएको छलफलबाट गलबन्दीको संगीत सिर्जना शम्भु राई र पुन संगीत सिर्जना प्रकाश सपुत राख्ने सहमति भएको छ ।

यो विषयलाई प्राविधिक रुपमा मिल्नेसम्म सच्याउने र राईले गीतको आर्थिक आर्जनमा दाबी नगर्ने सहमति भएको छ । सहमतिमा असार ५ गते नेपाल प्रतिलिपि अधिकार रजिस्टारको कार्यालय तथा अन्यत्र दिएको निवेदन फिर्ता तामेलीको लागि राईले निवेदन दिनेसमेत उल्लेख छ ।

सहमतिपछि सपुत र राईले सेल्फी खिचेको तस्बिरसमेत सार्वजनिक भएको छ । रोधी संस्कतिलाई झल्काउने गलबन्दी बुधबारसम्म १ करोड ६४ लाख ५७ हजारले हेरिसकेका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।