ताजा समाचार

असार ११ गते २०७६

बालिका थपलियालाई जसुदा स्मृति पुरस्कार

यस वर्षको जसुदा स्मृति पुरस्कार लेखक, साहित्यकार बालिका थपलियालाई प्रदान गरिने भएको छ । थपलियालाई यही असार २९ गते भानु जयन्तीका दिन एक समारोहमा पुरस्कार प्रदान गरिनेछ ।

कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति अग्रज पत्रकार पुष्पराज प्रधानले यो पुरस्कार स्थापना गरेका हुन् । भानु प्रतिमा संरक्षण तथा साहित्य सम्बद्र्धन समिति इलामको बैठकले थपलियालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

इलाममा बस्ने साहित्यकार थपलियका अनुवादका २ पुस्तक प्रकाशित छन् । उनको कविता सञ्चयन अभियुक्त आँखा चाडै सार्वजनिक हुँदै छ ।