ताजा समाचार

असार ११ गते २०७६

बालकको बली दिने झाँक्री जेल चलान

आफ्नो तान्त्रिक शक्ति बढ्ने भन्दै अढाई वर्षीय बालकलाई बली दिने झाँक्री जेल चलान भएका छन् । धनुषाको मिथिला नगरपालिका ६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बली दिने ५५ वर्षका शत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।

गत वैशाख २३ खेलिरहेका बालक आर्यनलाई महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बली चढाएका थिए । आर्यनको शव २४ गते बिहान घर नजिकैको बाँसघारीमा फेला परेको थियो ।