ताजा समाचार

असार ११ गते २०७६

मोटोपनाले हैरान हुनुहुन्छ ? यसो गर्नुस्

मोटोपना बढ्नुको पछाडिको सबैभन्दा ठूलो कारण हाम्रो खराब बानी हो । एक तथ्यका अनुसार सधैँ टिभी हेर्दै खाने मानिसको तौल ह्वात्तै बढ्छ ।

सवारीसाधनमा खादै यात्रा गर्दा 

लामो यात्राको क्रममा हामी केही न केही मुखमा हालिराखेका हुन्छौँ । चाहे त्यो समोसा होस् चिप्स होस् वा अन्य केही । यी सबै अस्वस्थ खानाले पेट कम भर्छ र शरीरमा क्यालोरी बढि हुन जान्छ । 

के गर्ने ?

लामो यात्रामा निस्किनुभएको छ भने आफनो साथमा पौंष्टिक आहार र पानीको बोतल पनि राख्नुस् । यात्राको क्रममा तपाई फल, गाजर, काँक्रो या सलाद खान सक्नुहुन्छ । 

टिभी हेर्दै खाना खादा 

टिभी हेर्दै खाना नखानुस् किनकी यसले हाम्रो ध्यान बाडिन्छ । हामी अन्दाज गर्नै सक्दैनौ की एक चोटीमा कति खाना खायौं । 

के गर्ने 

खाना सधै चबाएर र अनि विस्तारै स्वाद लिएर खानु पर्दछ । यसले पाचन क्रियालाई पनि ठिक गर्छ । 

एक किसिमको खाना खाने 

कहिले काँही  मान्छेहरु तौल कम गर्नको लागि  खास डाइट प्लानको साथ खाना खान थाल्छन्  । तौल कम गर्नको लागि एउटै आहार सधै खानाले सहि मात्रामा पोषण पुग्दैन ।  

के गर्ने ?

शरिरलाई अलग अलग तरिकाले पोषक तत्व दिनको लागि भोजन सधै बदलेर पौष्टिक खाना खानु आवश्यक हुन्छ । 

चिया कफीको बानी 

चिया कफी धेरै मान्छे जरुरत लागेपछि पिउछन् । दिन भरमा धेरै पटक चिया कफी पिएका हुन्छन् । यो बानीले तौल बढाउछ । 

के गर्ने ?

कफीको बानी हटाउनको लागि ग्रीन टि पिउन सकिन्छ । यो पिउनाले तौल बढ्दैन् । 

बिहानै नास्ता खाने 

बिहानै नाश्ता नगर्नाले मानिसलाई धेरै भोग लाग्दछ । जसको कारण एकै साथ मानिस धेरै खाना खान लाग्दछन् । र यही बानीले तौल बढाउन मदत गर्दछ । 

कार्बोहाइड्रेटको धेरै सेवन 

कार्बो हाइड्रेटले रगतमा ग्लुकोजको मात्रा बढाउछ । जसको कारण इन्सुलिनको मात्रा बढ्न जान्छ । यस कारण पनि शरिरको तौल बढ्न जान्छ ।