विप्लव नेतृत्वको नेकपाका कार्यकताले नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेका छन्। बन्दको अवज्ञा गर्दै गाउँसभा चलाएको भन्दै उनीहरुले आगजनी गरेका हुन्।
बुधबार बिहान करिब एक बजे आएको समूहले गाउँपालिका कार्यालय र दुई वटा वडा कार्यालयका कागजात जनाएको हो । गाउँपालिकाका वडा नं. ६ र ५ कार्यालयसमेत जलाइएका छन् ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी विनोद शर्माले इलाका प्रहरी चौकी कुमालगगाँउका प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको बताए ।






