ताजा समाचार

असार १० गते २०७६

प्रहरीको गाडी नै दुर्घटनामा, १० जना घाइते

रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । थुनुवाको म्याद थपका लागि गौर जाँदै गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको ना१ झ ५३८९ नम्बरको गाडी मंगलबार दिउँसो चन्द्रनिगाहपुरस्थित बाल्चनपुर चोकमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

घाइते हुनेमा ४ जना कैदी र ६ जना प्रहरी रहेका छन् । जसमा २ प्रहरी जवान सञ्जय कार्की र अजय साह गम्भीर घाइते भएका छन् भने दुई थुनुवा रमेश चौधरी, निर्मला साह पनि गम्भीर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि वीरगञ्ज पठाइएको छ । यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

यस्तै सामान्य घाइते भएकाहरु ४ प्रहरी र २ थुनुवाको चन्द्रनिगाहपुरस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।