असार १० गते २०७६

ताजा समाचार

असार १० गते २०७६

अरुले भन्दा विप्लवलाई नजिकबाट चिनेको छु



नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विप्लव मुलधारको राजनीतिमा आउने तयारीमा रहेको दाबी गरेका छन् ।

आज चितवनको भरतपुर महानगरपालिकाको चौँथो नगरसभालाई सम्बोधन गर्दै गर्दै उनले यस्तो दाबी गरेका हुन् । आफुले विप्लवलाई नजिकबाट चिनेको बताउँदै उनले विप्लव छिट्टै मुलधारको राजनीतिमा आउने दाबी गरे ।

उनले विप्लवको समस्या अब देशमा धेरै दिनसम्म नरहने र शान्तीपुर्ण तरिकाले समाधान हुने उनको भनाई छ । साथै उनले सरकार विप्लवसंग मात्र होईन प्रतिपक्षसंग पनि सहकार्य गरेरै अगाडी बढ्ने पक्षमा रहेको बताए ।

उनले यसका लागि शेरबहादुर देउवा , आफु र प्रधानमन्त्रीबीच निरन्तर संवाद र छलफल रहेको खुलाए । प्रचण्डले कांग्रेससंगको सहकार्यबाटमात्रै देशको समृद्धि र विकासको लक्ष्य पुरा हुने बताउँदै सरकार एक्लै हिडेर यो सबै यात्रा गर्न कठिन हुने तर्क गरे ।