ताजा समाचार

असार १० गते २०७६

सहिद पार्क बनाउन १ करोड, पैदल मार्ग बनाउन २ करोड

पोखरा महानगरले राष्ट्रिय विभूति तथा सहिद पार्क निर्माण गर्न एक करोड रकम बिनियोजन गरेको छ । यस्तै, सराङकोट, कास्कीकोट, भदौरे, पुम्दीभुम्दी जोड्ने पैदल मार्ग र दिपाङ ताल लगायतका स्थानमा पैदल मार्ग निर्माणको लागि २ करोड बिनियोजन भएको छ ।

खुल्ला स्थानहरुमा सर्भिस स्टेसन तथा जग्गको उपलब्धता हेरी सार्वजनिक शौंचालय निर्माणका लागि दुइ करोड पचास लाख बजेट पोखरा महानगरले छुट्याएको छ । फेवाताल जलाधार क्षेत्र संरक्षणका लागि प्रदेश सरकारसँगको सहकार्यमा फेवातालमा सिल्ट्रेसन ड्याम निर्माण तथा जलाधार क्षेत्र संरक्षण आयोजनाका लागि ३३ करोड ७९ लाख ४३ हजार रुपैंयाँ बजेट छ । ढल निकास गुरुयोजना तयारीका लागि २ करोड र सुइखेत खोला, कालीखोला, सेती नदी, खुदीखोला, काहुँखोला तथा नदीहरुले बस्तीमा पारेको असर न्यूनीकरण गरी संरक्षण गर्न ३ करोड रकम महानगरले विनियोजन गरेको छ ।

शान्तिघाटमा निर्माणाधीन इलेक्ट्रिक शवदाहस्थल व्यवस्थापन सञ्चालन गर्दै रामघाट र वैकुण्ठघाटमा इलेक्ट्रिक शवदाहस्थल निर्माणका लागि १ करोड बजेट छ ।

उपप्रमुख एवं बजेट तथा योजना तर्जुमा समिति संयोजक मञ्जुदेवी गुरुङले मंगलबार पाँचौ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को बार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।