ताजा समाचार

असार १० गते २०७६

गुठी विधेयक फिर्ता

गुठी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रियसभाबाट फिर्ता भएको छ ।

विधेयक फिर्ता लिने भूमिसुधारमन्त्री पद्मा अर्यालको प्रस्ताव मंगलबार राष्ट्रियसभाबाट पास भएको हो । विधेयकलाई लिएर आन्दोलन चर्किएपछि सरकारले विधेयक फिर्ता लिने घोषणा गरेको थियो ।

राष्ट्रियसभामा गत वैशाख १७ गते विधेयक दर्ता भएको थियो। विधेयक जेठ ६ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो भने जेठ १३ गते सामान्य छलफल भएको थियो। विधेयकमाथि सांसदहरूले ६ वटा संशोधन समेत दर्ता गराइसकेका थिए।

तर राजधानीमा विधेयकविरूद्ध व्यापक प्रदर्शन भएपछि सरकारले फिर्ता लिने निर्णय गरेको थियो।संसदमा प्रस्तुत भैसकेका विधेयक संसदबाटै फिर्ता लिने प्रचालन छ।