संघ सरकार र प्रदेश सरकारकै झल्को दिएर पोखरा महानगरले मेयर प्रविधि मैत्री कृषि परियोजना सुरु गर्ने भएको छ । यसका लागि कृषि पकेट क्षेत्र निर्माण गरी उत्पादनमा जोड दिन आगामी आर्थिक वर्षका लागि महानगरले २ करोड विनियोजन गरेको छ ।
पोखराका स्थानीय धान पोखरेली मसिना चामल तथा जेठोबूढो चामल उत्पादन बटाउन पनि महानगरले सघाउने भएको छ । यसका लागि उत्पादनको आधारमा प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।
घास खेतीमा जोड दिँदै पशुपालनमा प्रोत्साहन गर्न घाँस खेती गर्नेलाई स्थानीय सरकारले अनुदान दिने भएको छ । प्रतिरोपनी घास खेतीमा ३ हजार अनुदान दिने मंगलबार प्रस्तुत भएको बजेटमा उल्लेख छ ।





