ताजा समाचार

असार १० गते २०७६

खानेपानी मन्त्रीलाई कालो झण्डा देखाउदा..

कञ्चनपुर पुगेकी खानेपानी मन्त्री बिना मगरको बिरोधमा कालो झण्डा देखाउन खोज्ने ब्यक्तिहरु कुटिएका छन् ।

पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न निर्वाचन क्षेत्र पुगेकी मन्त्री मगरलाई कालो झण्डा देखाउनेहरुलाई नियन्त्रण लिन खोज्दा कांग्रेसका ४ जना कार्यकर्ता घाईते भएका हुन् ।

घाईते हुनेमा नेपाली कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , नेपाली कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द रहेका छन् । घाईतेहरुको यतिबेला सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

मन्त्री मगरको कार्यक्रममा कालो झण्डा देखाईने कार्यक्रम तय भएपछि सुरक्षा व्यवस्था कडा पारिएको थियो भने झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको थियो । मन्त्री मगरले जनताको हितमा काम गर्न नसकेको भन्दै कांग्रेसले केहि घण्टा चक्काजाम गर्ने कालो झण्डा देखाउने कार्यक्रम तय भएको थियो,तर अवस्थालाई नियन्त्रणमा लिन खोज्दा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडपको अवस्था सृजना भएको हो ।