गुठी विधेयक सर्वसम्मत फिर्ता

राष्ट्रिय सभामा दर्ता गरिएको गुठी सम्बन्धी विधेयक भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले फिर्ता लिन प्रस्ता गरेकी छिन् । 

गत बैशाख १७ गते राष्ट्रिय सभामा दर्ता भएको सो विधेयक काठमाडौं उपत्यका लगायत उपत्यका बाहिरका गुठियारहरुले आन्दोलन गरेपछि बाध्य भएर सरकारले गत असार ३ गते गुठी विधेयक फिर्ता लिने घोषणा गरेको थियो । 

असार ४ गते काठमाडौंको माईतीघर मण्डलामा आयोजित विशाल जनप्रदर्शनपछि आत्तिएको सरकारले तत्कालै सो विधेयक फिर्ता लिने प्रक्रिया सुरु गरेको थियो । 
 
सो विधेयक मंगलबार नै सर्वसम्मतले फिर्ता भएको छ ।