ताजा समाचार

असार १० गते २०७६

मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीरमा संकास्पद प्रेसर कुकर बम फेला

धार्मिक तथा पर्यटकीय जिल्ला हिमालपारी मुस्ताङ जाने म्याग्दी र मुस्ताङको सिमावर्तीक्षेत्र काभ्रेभीरमा मंगलबार बिहान करिव ७ बजेको मसयमा संकास्पद प्रेसरकुकर बम फेला परेको छ ।

बेनी–जोमसोम सडकको निकै जोखिमयूक्त निर्माणधिन काभ्रेभीरको सडक छेउमा १ थान संकास्पद प्रेसरकुकर बम र खतरा लेखिएको सेतो चिनीको १ थान खाली बोरा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

यस्तै ,घासा प्रहरी चौकीका असई मिनप्रसाद तिमिल्सिनाका अनुसार सडक छेउ राखिएको संकास्पद प्रेसर कुकुर बमको एकिन पहिचान तथा बमबिस्पोजर गर्न जोमसोम स्थित बज्रदल गणको एक बम बिस्पोजर टोली घटना स्थल काभ्रेभीरमा आईपुगेको जानकारी दिए।

उनले सेनाको टोलीले संकास्पद बस्तु अनुसन्धान गर्दा प्रेसर कुकर भनिएको भाडोमा बालुवा र माटो रहेको उल्लेख गरे । जनमानसलाई भयभीत पार्ने र सडक अवरोध पू¥याउने उद्देश्यले उक्त संकास्पद बस्तु राखिएको असई तिमिल्सिनाले बताए ।

शसस्त्र द्धन्दमा उत्रिएको नेकपा माओवादी बिप्लप समूहले आज मंगलबार आहवान गरेको नेपाल बन्दमा लामो दुरीमा चल्ने कुनै पनि सवारी साधन नचलेको घाँसा प्रहरी चौकीले बताएको छ । लामो दुरीका सवारी नचले पनि मुस्ताङमा चल्ने आन्तरिक यातायात सेवा नियमित भईरहेको मुस्ताङ प्रशासनले जनाएको छ ।

स्थानीय प्रशासनले बन्दलाई ध्यानमा राख्दै आन्तरिक सुरक्षा बलिलो बनाएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।