नेकपा माओवादी विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा परेको छ । सवारी साधन सञ्चालन पूर्णतः ठप्प छन् ।
केही मोटरसाइकल बाहेक कुनै पनि सवारी साधन सडकमा गुडेका छैनन् । पोखराबाट अन्यत्र जाने लामा तथा छोटा दूरीका कुनै पनि सवारी साधन नचलाइएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।
शैक्षिक संस्था, उद्योग कलकारखाना पनि बन्द भएका छन् ।
भित्रि सडकका केही किराना पसल तथा खाजाघर बाहेक अन्य कुनै पनि पसलहरू खुल्न सकेका छैनन् ।

यसैबीच पोखराको नयाँबजारमा शंकस्पद वस्तु फेला परेको छ । नयाँबजारस्थित म्युजियम नजिक, शिव मन्दिर र ओम शान्तिको भवनको बीचमा शंकास्पद वस्तु फेला परेको हो । उक्त क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको र उक्त शंकास्पद वस्तु डिस्पोजलको तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी पोखराको चाउथे र विरौटा लेखनाथको तालचोकमा पनि शंकास्पद वस्तु फेला परेको हाम्रा सहकर्मी सुनिल पाण्डेले जानकारी दिए ।

शंकास्पद वस्तु फेला परेको स्थान प्रहरीले नियन्त्रण लिइसकेको र शंकास्पद वस्तु डिस्पोज गर्ने तयारी भइरहेको उनले बताए ।
यता, बागलुङ नगरपालिका २ श्री नगरटोलमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । विप्लव माओवादीले आव्हान गरेको नेपाल बन्दको अवसरमा शंकास्पद बस्तु राखेको आंशका गरिएको छ ।






