ताजा समाचार

असार १० गते २०७६

कालसर्प योगको के के प्रभाव पर्न सक्छ ?

गत अंकबाट क्रमशः

मुख्यतः जन्मकुण्डलीमा यी दुबै छाया ग्रहको उपस्थितिका आधारमा जातकको आंतरिक स्वभाव थाहा पाउन सकिन्छ । जसअनुसार जातकले आफ्नो जीवनलाई गतिमान तुल्याउन सक्दछ । यी दुवै छाया ग्रहको स्पष्ट व्याख्याबाट व्यक्तिले आफ्नो जीवनमा भविष्यमा आइपर्ने कठिनाइको पूर्वानुमान गरेर ती कष्टहरूबाट आफूलाई सुरक्षित राख्न सक्दछ ।

तर यी दुबै छाया ग्रहका बारेमा एउटा के कुरो सत्य हो भने यी दुबै छाया ग्रहद्वारा जीवनमा जेजस्ता अनिष्टकारी घटनाहरू हुने गर्दछन्, तिनले जातकलाई आध्यात्मतर्फ अग्रसर बनाउँदछन् । केतु शब्दले ध्वजा अर्थ पनि प्रदान गर्दछ । तर ध्वजाको पताका वा झण्डा होइन । केतुलाई ध्वजा भन्नुको के अर्थ हो भने केतु परमात्माको शक्तिको मूर्त रूप हो ।

जसको प्रभाव र चेतनाबाट मनुष्यले यस सृष्टिमा व्याप्त त्यस सर्वशक्तिमान, सर्वव्यापी शक्तिको अनुभव गर्न सक्दछ । जातकको जन्मकुण्डलीमा अन्य ग्रह बलवान् छैनन् भने यस योगमा जन्मने व्यक्ति अल्पायु पनि हुने गर्दछन्, जीवित नै रहेपनि उसले पटक–पटक मृत्युतुल्य कष्ट व्यहोर्नुपर्छ । यस योगले प्राणीलाई किसिम–किसिमले दीनहीन तुल्याउँदछ । यस्ता व्यक्तिले अनेक खाले कष्ट र तनाव भोग्नुपर्छ । त्यसैले ज्योतिषशास्त्रमा यस योगलाई अशुभ फलसूचक योगका रूपमा लिइन्छ ।

कालसर्प योगको नकारात्मक प्रभाव
– विभिन्न किसिमका स्वास्थ्य समस्याहरू ।
-अपाङ्ग स्थिति (शारीरिक रूपमा) ।
– सुस्तमनस्थिति (मानसिक कमजोरी समेत) ।
-सन्तति सम्बन्धी समस्याहरू (पाँचौ राहुले सन्तान सुखबाट वञ्चित गर्छ) ।
– पति–पत्नी विवाद ।
– फलप्राप्तिमा अवरोध ।
-बाह्रौं राहुले ऋण, प्रवास र चिन्ता पनि बढाउँछ ।
-आठौं राहुले रोग, दुर्घटना, प्रवास वा बन्धन बढाँउछ ।
-नवौं राहुले करोडपतिबाट कङ्गाल पनि बनाउँछ ।
-दशौं राहुले शासकबाट जेल बन्धन दिलाउँछ ।
-लग्नको राहुले रोगी बनाउँछ ।
-चौथो राहुले शरीरको मध्यभागमा अवरोध गराउँछ ।
-सातौं राहुले वैधव्य (विधवा वा विधुरमा पारिवारिक विखण्डन गराउँछ) ।

कालसर्प योगको दोष नलाग्ने अवस्था
 पति वा पत्नी ज्येष्ठा, मूल र अश्लेषा नक्षत्रमा जन्मेको अवस्थामा ।
 कुण्डलीमा राशि परिवर्तन योग भएमा (वृश्चिक लग्नको ट र ड मा बाहेक अन्य अवस्थामा)।
 सबै ग्रह सप्तम स्थानदेखि प्रथम स्थानसम्म रही शुभफलदायक छत्रयोग बनाएमा ।
 सबै ग्रह प्रथम स्थानदेखि सप्तम स्थानसम्म रही शुभ फलदायक नौका योग बनाएमा ।
 सबै ग्रह चतुर्थस्थान देखि दशम स्थानसम्म रही शुभ फलदायक कुटयोग बनाएमा ।
 सबै ग्रह दशमस्थानदेखि चतुर्थस्थानसम्म रही शुभ फलदायक सर्पयोग बनाएमा ।
 राहु ३, ६, १०, ११ राशिमा भएमा पनि कालसर्प योगको दोष लाग्दैन । परन्तु त्यस्तो दोषरहित राहुको स्थितिबाट विशेष शुभफल मिल्न जान्छ ।

कालसर्प योग सम्बन्धी सबै भ्रम, यथार्थ जानकारीका लागि यो भिडियो पूरै हेर्नुहोला ।