असार ९ गते २०७६

ताजा समाचार

असार ९ गते २०७६

विप्लवका प्रभावशाली नेता नरबहादुर कार्की गिरफ्तार



नेकपाका चर्चित बौद्धिक नेता नरबहादुर कार्कीलाई प्रहरीले सोमबार साँझ बालुवाटारबाट गिरफ्तार गरेको छ ।

‘नो ट्याक्स नो एनसेल’ आन्दोलनका अभियन्तासमेत रहेका अन्तर्राष्ट्रिय जीवन प्रशिक्षक कार्कीलाई एउटा मिडियालाई अन्तर्वार्ता दिँदै गर्दा अपराह्न सवा ५ बजे प्ररहीले गिरफ्तार गरेको र घिसार्दै अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

सामाजिक अभियन्ता कार्की निराश व्यक्तिहरूलाई जीवनमा फर्काउने अद्भुत प्रशिक्षण क्षमताका कारण प्रसिद्ध छन् । गत मङ्सिर ८ गते सरकारी नेकपाबाट विद्रोह गरी विद्रोही नेकपामा ध्रुवीकृत भएका कार्कीले नेकपामा अन्तर्राष्ट्रिय क्षेत्रसमेत हेर्दै आएका छन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं